×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी नुन खाएर, ‘दलालको गुन गर्न खोज्ने’हरुका कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया महान्याधिवक्ताकहाँ पुग्यो, अव के हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी नुन खाएर, ‘दलालको गुन गर्न खोज्ने’हरुका कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया महान्याधिवक्ताकहाँ पुग्यो, अव के हुन्छ ?

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारी नुन खाएर पनि ‘दलालहरुको गुन गर्न खोज्ने’ केही ‘माओवादी कार्यकर्ता’ अन्तर्वार्ताबाटै भागेपछि धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया महान्यायाधिवक्ता कहाँ पुगेको छ । बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेसँगै सो प्रक्रिया महान्यायाधिवक्ताकहाँ पुगेको हो । 

सिफारिस समितिले तीन विकल्पबारे छलफल गरेको छ ।

पहिलो प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने ।

दोश्रो, २ जनाको नाम सिफारिस गर्ने । 

तेश्रो, दुई जना अन्तर्वार्तामा पुगेका र एक जना बढी अंक ल्याएका गरी ३ जनाको नाम सिफारिस गर्ने ।    

कानुनले ‘योग्यता पुगेका’ ३ जनालाई सिफारिस गर्ने भनेको छ । अन्तर्वार्तामा नआएकाहरुले पनि योग्यताकै आधारमा आवेदन दिएकोले जो कोही ३ जनालाई पनि सिफारिस गर्न मिल्ने तर्क सिफारिस समितिका सदस्यहरुले गरे पनि कानुनी रुपमा बलियो हुन महान्यायाधिवक्ताको राय लिनेगरी निर्णय भएको हो । 

धितोपत्र सम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भनिएको छ । 

सम्भवत: महान्यायाधिवाक्ताको कार्यालयबाटसमेत यही राय आएपछि २ जना अन्तर्वार्तामा गएका र बाँकी एक जना गरेर नाम सिफारिस हुनेछ । र तीमध्ये एक धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनेछन् ।

यद्यपि, अर्थमन्त्रीको चाहना भने सबै प्रक्रिया रोकेर पुन: प्रक्रिया थाल्ने भन्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी