×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी आन्दोलित… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी आन्दोलित… (फोटो-कथा)

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपूर्ण सडक प्रदर्शन गरेका छन् । 

क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने,  २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगा गिटीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर’  लगायतका प्लेकार्ड बोकेका थिए । 

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी