×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईईको नतिजा पहिला नै लिक भइसकेको खुलासा, कर्मचारीलाई कारवाही हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसईईको नतिजा पहिला नै लिक भइसकेको खुलासा, कर्मचारीलाई कारवाही हुने !

१३ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा औपचारिक रुपमा सार्वजनिक नहुँदै ‘लिक’ भएको खुलासा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा औपचारिक रुपमा सार्वजनिक नगर्दै सामाजिक संजालमा लिक भएकोबारे छानबिन गर्ने जनाएको छ। 

बोर्डले बिहीबार पौने ११ बजे नतिजा सार्वजनिक गरेको थियो भने सामाजिक सञ्जालमा ९ बजेदेखि नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भइसकेको थियो। यस विषयमा बोर्डले आवश्यक छानबिन गर्ने बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले बताए। ‘नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो, कसरी आयो त्यस विषयमा हामी बोर्डमा छलफल गर्छौँ’ उनले भने। 

छानबिन  पछि आवश्यक कारवाही हुने उनले बताएका छन्। 

यसरी नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन भने हुने गरेको छैन । 

२०८० सालको एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी