काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा औपचारिक रुपमा सार्वजनिक नहुँदै ‘लिक’ भएको खुलासा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा औपचारिक रुपमा सार्वजनिक नगर्दै सामाजिक संजालमा लिक भएकोबारे छानबिन गर्ने जनाएको छ।
बोर्डले बिहीबार पौने ११ बजे नतिजा सार्वजनिक गरेको थियो भने सामाजिक सञ्जालमा ९ बजेदेखि नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भइसकेको थियो। यस विषयमा बोर्डले आवश्यक छानबिन गर्ने बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले बताए। ‘नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो, कसरी आयो त्यस विषयमा हामी बोर्डमा छलफल गर्छौँ’ उनले भने।
छानबिन पछि आवश्यक कारवाही हुने उनले बताएका छन्।
यसरी नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन भने हुने गरेको छैन ।
२०८० सालको एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्