काठमाडौं । चन्द्रागिरी केवलकारमा फसेका ७५ जना यात्रुको उद्धार गरिएको छ । बुधबार केबलकारमा प्राविधिक समस्या आएपछि यात्रुहरु दुई घण्टा थुनिएका थिए ।
थानकोट प्रहरी वृत्तका अनुसार केबलकारमा फसेका यात्रुले फोन गरेर उद्धार माग गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।
प्रहरीका अनुसार दिउँसो १ :२० मिनेटबाट बन्द भएको केबलकार ३ :२० मिनेटपछि मात्रै सञ्चालनमा आएको थियो । केबलकारको १० वटा डब्बामा ति यात्रु फसेका थिए ।
उद्धार गरिएका यात्रुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।