×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ

Artha Sarokar

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ डल्लुका ३२ वर्षीय होमबहादुर विश्वकर्मा र सिनामङ्गल बस्ने ३४ वर्षीय किरण देवी न्यौपाने रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई सोमबार काठमाडौँको डल्लुबाट र न्यौपानेलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ग्रीनहिल सिटी हाउजिङबाट पक्राउ गरेको हो ।

पक्राउ परेका होमबहादुरको फैसला कार्यान्वयनको लागि प्रहरी वृत बौद्ध काठमाडौँ र किरण देवीको फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत, बबरमहल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी