काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ । समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो ।
उनीहरुसँग सहकारी सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगीका १५१ वटा मुद्दाहरु रहेको पाइएको थापाले जानकारी दिए । त्यस्तै, देशभरका अदालतमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि थापाले बताउका छन् । ‘सहकारी ऐन अन्तर्गत ठगीका मुद्दाहरुलाई मिलापत्र गर्न खुला छ । तर सबै मिलापत्र हुने स्थिति छैन ।’, उनले भने, ‘मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालका अनुसार सहकारी सम्बन्धी देशभरीमा ६८५ वटा मुद्दा छन् ।’
त्यस्तै, थापाले समितिको शुक्रबार बस्ने बैठकमा सहकारी समस्या समाधानमा प्रतिनिधिमूलक ढंगले पूर्वअर्थमन्त्रीसँग छलफल गरिनेसमेत जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्