काठमाडौँ । नेपाल राष्ट्र बैंकले एसेट म्यानेजमेन्ट बैंक (ब्याड बैंक) खोल्ने घोषणा गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याड बैंक खोल्ने घोषणा गरेका हुन् ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर-बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेश गरिने बताएका छन् ।
उक्त ‘ब्याड बैंक’ले बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नेछ । यस्तो छ शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पूर्णपाठः
Monetary_policy_2081-082