Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीमा विदेश जानेलाई बिना धितो ऋण दिइने

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण दिने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले गरेको वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने घोषणालाई राष्ट्र बैंकले मौद्रिक नीतिमासमेत समेटिएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक खातामा विप्रेषण पठाउने प्रतिबद्धता गरे बिना धितो कर्जा दिने व्यवस्था गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, गभर्नर अधिकारीले बजेटमा गरिएको व्यवस्थाअनुसार कृषि उपजको धितोमासमेत सहज कर्जा प्रवाह हुने व्यवस्था मिलाइने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK