काठमाडौँ । गएराति परेको अविरल वर्षाका कारण काठमाडौँको कालिमाटी, टेकु र त्रिपुरेश्वर क्षेत्र डुबानमा परेका छन् । वर्षापछि बागमती नदीमा बाढी आउँदा नदी वरपरका बस्ती डुबानमा परेका हुन् ।
नदीको बाढी बस्तीमा पसेपछि अहिले टेकु, कालीमाटी तथा त्रिपुरेश्वर क्षेत्र जलमग्न भएका छन् । पानी स्थानीयको घरभित्रै पसेको छ भने सडकहरु पनि जलमग्न भएका छन् ।
नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकोले जल तथा मौसम विज्ञान विभागले नदी किनारका बस्तीमा थप सतर्कता अपनाउने आग्रह गरेको छ । अहिले डुबान क्षेत्रका स्थानीय घरभित्र पसेको पानी फाल्ने, अत्यावश्यक सामाग्री सुरक्षित स्थानमा लैजाने तथा सुरक्षित स्थानमा गइरहेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस् ।