
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई २० गतेसम्म लम्ब्याईएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको चेन बे्रक गर्नका लागि जारी गरिएको निषेधाज्ञा लम्ब्याइएसँगै कैलालीमा थप कडाई समेत गरिएको छ । कोभिड नियन्त्रण सम्बन्धी जारी गरिएको अध्यादेशको कार्यान्वयन गर्दै कैलालीमा पनि निषेधाज्ञामा कडाई गरिएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलाली जिल्लाभर जारी गरिएको निषेधाज्ञा जेठ २० गतेसम्मका लागी थप गरिएको छ । दिनप्रतिदिन संक्रमण दर बढ्दै गईरहेको र अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले थप कडाई साथ निषेधाज्ञा लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
‘कोभिड नियन्त्रण सम्बन्धी अध्यादेश जारी गर्दै निषेधाज्ञा कडाईका साथ पालना गराउन निर्देशन दिईसकेका छौँ’, उनले भने, ‘यसले थप सहयोग गरेको छ ।’ बिहिबार मात्रै निषेधाज्ञाको अवज्ञा गर्नेलाई अध्यादेश बमोजिम कारवाही गरेको बताउँदै जोशीले आउँदा दिनमा झनै कडाईका साथ अगाडी बढ्ने बताए ।
निषेधाज्ञा लम्ब्याउनेसँगै कडाईका लागि प्रशासनले जारी गरेको आदेशको पालनाका लागि धनगढी लगाएत कैलालीका विभिन्न ठाउँहरुमा प्रहरीको उपस्थितिलाई बाक्लो बनाईएको छ । यस्तै धनगढीका मुख्य सडकहरुमा पनि चेकिङलाई तिव्रता दिईएको छ । आउँदो केहि साता सबैका लागि असहज हुने देखिएपति सरकारले जारी गरेका नियमको पालना गरे कोभिडको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । यसतर्फ सम्बन्धित निकाय र नागरिकपनि सचेत हुन आवस्यक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्