×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी उपमहानगरपालिकाद्धारा भ्याक्सिन खरिदका लागि सरकारसँग अनुमति माग, पाउला त ‘अनुमति’ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढी उपमहानगरपालिकाद्धारा भ्याक्सिन खरिदका लागि सरकारसँग अनुमति माग, पाउला त ‘अनुमति’ ?

Artha Sarokar

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीका कारण देशभर सयौँ संक्रमितहरुले ज्यान गुमाईरहेकाबेला धनगढी उपमहानगरपालिकाले भ्याक्सिन खरिदका लागि प्रक्रिया अगाडी बढाएको छ । संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढीरहेका बेला आफ्ना जनताको सुरक्षाका लागि भ्याक्सिन खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।
लकडाउनमात्रै संक्रमण नियन्त्रणको अन्तिम शुत्र नभएको निश्कर्ष निकाल्दै नगरपालिकाले सरकालाई भ्याक्सिन खरिद गर्नका लागि अनुमति माग गरेको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उपमहानगरपालिकाले भ्याक्सिन खरिदका लागि अनुमति माग गरेको छ । संक्रमण नियन्त्रणका लागि या त सरकारले भ्याक्सिन उपलब्ध गराईदिने वा आफुलाई भ्याक्सिन खरिद गर्नका लागि अनुमति माग सहितको पत्राचार गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी