Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा फेल खायो प्रधानमन्त्री ओलीको ‘चाल’ , समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ ।
संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । अहिले तत्कालका लागि कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिईन । उनले भनिन्, ‘वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा आएको छैन ।’ त्यस्तै सांसद जोशीले हालसम्म प्रदेश सरकार विरुद्धको लडाइँमा रहेको र आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकाले सरकारबाट नबाहिरिने निर्णय गरिएको जोशीले बताईन् ।
यता आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले समर्थन लिने वा नलिने विषयमा बैठकमा कुनैपनि छलफल नभएको बताएका छन् । अहिले माहामारीका बेला सरकार जनताको ज्यान जोगाउनमा केन्द्रित रहेको बताउँदै बुधवार बसेको संसदिय दलको बैठकमा केवल प्रदेश सरकारको प्रभावकारीता, समग्र कामको समिक्षा र प्रदेश सरकारले लिनुपर्ने साहसिक कदमका बारेमा प्रदेश सरकारलाई सुझाव दिने गरी छलफल सकिएको बताए । उनले भने, ‘स्थायी कमिटीको आधिकारीक निर्णय दलसम्म नपुगेकाले उक्त विषयमा टिकाटिप्पणी गर्न आवश्यक छैन ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK