×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रोग’ भन्दा ‘भोक’ ले सताउन थालेपछि स्वदेश छाड्दै सुदूरपश्चिमेली नागरिक, यात्रामा भन्दा नाकामा जोखिम हुने चिन्ता !

LAXMI SUNRISE BANK
GLOBAL

‘रोग’ भन्दा ‘भोक’ ले सताउन थालेपछि स्वदेश छाड्दै सुदूरपश्चिमेली नागरिक, यात्रामा भन्दा नाकामा जोखिम हुने चिन्ता !

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सूरु भएसँगै कैलालीको गौरिफन्टा नाकामा बढेको चहलपहल अहिले पनि उस्तै छ । कोरोना संक्रमण भयावह हुन थालेपछि भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेका सुदूरपश्चिमेली नागरिक स्वदेश फर्किन थालेका हुन् । नेपाल फर्कनेको संख्यासँगै पछिल्लो समय भारत जानेको संख्यापनि उल्लेख्य रुपमा वृद्धी भएको छ ।
बढ्दो संक्रमणको जोखिकाबिच नाकामा पुग्ने अधिकांश नागरिक सुदूरपश्चिमका रहेका छन्् । अहिले गौरिफन्टा नाका हुँदै दैनिक ७ देखी ८ सयको हाराहारीमा नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् । जसमध्ये अधिकांश कामकै शिलशिलामा भारत पुगेका नागरिक रहेका छन् । त्यस्तै भारत जानेको संख्यामा पनि वृद्धी हुनुका साथै भारत प्रस्थान गर्नेको संख्या दैनिक २०० को हाराहारी पुग्ने दैनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यता नाकामा भारत जाने र नेपाल फर्किनेहरुको व्यथा भने बेग्लै छ । भारतको दिल्लि, पिलिभित, पन्जाव, बम्बई, केरला लगाएतका विभिन्न शहरबाट लामो दिनको यात्रा तय गरेर आउने नागरिकले नाकामा झनै जोखिम महशूस गरेको बताएका छन् । आउने बेलामा छुट्टा छ्ट्टै गाडीमा सुरक्षित भएर पुग्ने तर नाकामा सुरक्षा अवस्था चिन्ताजनक हुँदा संक्रमण फैलिने डर भएको एक नागरिकले बताए । उनले भने, ‘आउँदा सुरक्षित हुन्छौँ तर यहाँ पुगेपछि के हुन्छ थाहा हुँदैन ।’
त्यस्तै नाकामा पुगेका अर्का नागरिकले यस यो विषम परिस्थितिमा पनि सरकार गम्भिर नभएको आरोप लगाए । आफ्नो नागरिकको सुरक्षा आफै गर्नुपर्ने बेलामा सरकार यसप्रति उदासिन देखिएको उनले बताएका छन् । अहिले माहामारीबाट जनताको ज्यान जोगाउनमा ध्यान हुनुपर्नेबेला देशका राजनीतिज्ञ सत्ता र कुर्सि जोगाउनमा केन्द्रित भएको नागरिकले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी