×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि औषधि लिएर सङ्क्रमितका घरघरमा

LAXMI SUNRISE BANK
GLOBAL

कैलालीमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि औषधि लिएर सङ्क्रमितका घरघरमा

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको सङ्क्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण गरिरहेको छ । सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताए ।
सङ्क्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि घरघरमा पठाउने गरेका छौँ ।’ त्यस्तै चौधरीले अहिले गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको बताएका छन् ।
त्यस्तै जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नुपर्छ भनेर सम्झाउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब सङ्कलन गर्दै आएको सापकोटाले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी