×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा बैंकले के-के सेवा दिन्छन्, के दिँदैनन् ? खुल्नेको हकमा यस्तो छ व्यवस्था…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलालीमा बैंकले के-के सेवा दिन्छन्, के दिँदैनन् ? खुल्नेको हकमा यस्तो छ व्यवस्था…

Artha Sarokar

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको र नियन्त्रण गर्न मुस्किल भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञालाई लम्ब्याउँदै थप कडाई गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी गरिएको आदेशमा बैंक तथा वित्तिय संस्थाको सेवा संचालनमा समेत कडाई गरिएको जनाएको छ । यसभन्दा अगाडी हप्ताको ३ दिन संचालन गर्ने गरी व्यवस्था मिलाइएको भएतापनि निषेधाज्ञालाई कडाई गर्दै राजस्व दाखिला र सरकारी बैंकिङ्ग कारोबार बाहेक सबै सेवाहरु बन्द गर्ने प्रशासनले जनाएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्था संचालनको हकमा बढीमा ३ जना र्कर्मचारी राखेर सेवा संचालन गर्नुपर्नेछ ।
आवश्यक भुक्तानिका लागि भने बैंक तथा वित्तिय संस्थाहरुले एटिएम मार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्युतिय प्रणालीबाट सेवा संचालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी