- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । महालक्ष्मी विकास बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । विगत १३ वर्षदेखि बैंकमा कार्यरत कर्मचारी प्रेम बोहराको कोरोनाका कारण मृत्यु भएको हो । उनको अछामको बयलपाटा अस्पतालमा उपचारका क्रममा ४८ वर्षको उमेरमा मृत्यु भएको हो ।
पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ । केहि दिनअघि माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।