×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ करोड ८३ लाखको लागतमा निर्माण भइरहेको सहजपुर-बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३ करोड ८३ लाखको लागतमा निर्माण भइरहेको सहजपुर-बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

DOTI

डोटी । जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर(बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाखको लागतमा निर्माण भइरहेको उक्त सहजपुर(बोगटान सडकमा खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरिरहेका छन् । कोरोना कहरका कारण यहाँका अन्य सडक क्षेत्र तथा विकास निर्माणका काम रोकिए पनि उक्त सडकको ट्र्याक जोड्ने काम भने रोकिएको छैन । कामदार तथा मेसिन दैनिकरूपमा सडक निर्माणका लागि जुटिरहेको बोगटान फुड्सिल गाउँपालिका(१ सिमचौरका लक्ष्मण विष्टले जानकारी दिनुभयो ।
बहुप्रतीक्षित उक्त सहजपुर(बोगटान सडकको ट्र्याक जोडिन अब जम्मा डेढ किलोमिटर मात्रै बाँकी रहेको बताइएको छ । विसं २०४६ देखि निर्माणको चर्चामा रहेको जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सहजपुर–बोगटान सडकले यसपटक पूर्णता पाउने भएपछि यहाँका नागरिक निकै खुशी भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी तथा शिक्षक धनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कच्ची सडक शिलान्यास भएको ३० वर्षपछि ट्र्याक जोडिँदैछ, अब पक्कै गाडी चल्छ कि भनेर खुशी भएका छौँ, हेरौँ के(के हुन्छ ।” प्रदेश सरकारले प्रदेशबाट सञ्चालन भएका योजना ताकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्ने र नगरिए कारवाही गरिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिनु भएसँगै उक्त सडकको काम तीव्ररूपमा भइरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ुमुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारवाही गर्ने निर्देशन दिनुभयो, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि सडक निर्माणको कामले गति लिएको हो, अब त तोकिएकै समयमा काम सकिने छ ।ुसुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर(बोगटान सडकको कच्ची ट्र्याक जोडिन अब डेढ किलोमिटर बाँकी रहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ुअब कच्ची ट्र्याक जोडिन थोरै बाँकी छ, सम्भवत चाँडै जोडिने र गाडी सञ्चालन गर्न मिल्ने छ ।ु
कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिए यहाँका नागरिकलाई निकै राहत हुँने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ुकालोपत्रका कुरा त छाडौँ, कच्ची ट्र्याक मात्रै जोड्न सके यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने थियो, वर्षौंपछिको नागरिकको प्रतिक्षाको घडी अब खुशीमा परिणत हुने भएको छ ।ु हाल ट्र्याक जोड्न बाँकी रहेको बडिकेदार गाउँपालिका(५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका(१ सिमचौरको सिमानामा सडक निमार्णको काम धमाधम भइरहेको बताइएको छ । बोगटान सडक निर्माण कार्यक्रमअन्तर्गत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणलगायत काम भइरहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख खत्रीले जानकारी दिनुभयो । लानाकेदारेश्वर तथा सिमचौर क्षेत्रको भागमा करिब डेढ किलोमिटर जति रक ९बलियो चट्टान० लागेकाले निर्माणमा केही समस्यासहित ढिलो भएको बताइएको छ ।
उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् भने यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् । सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए । सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुशी भएको बोगटान फुड्सिल गाउँपालिकाका हर्कबहादुर बमले बताउनुभयो । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी