×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगलागी हुँदा इलेक्ट्रिक तथा खाद्य सामग्री जलेर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आगलागी हुँदा इलेक्ट्रिक तथा खाद्य सामग्री जलेर नष्ट

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

कैलाली । गोदावरी नगरपालिका(१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभयो ।
विद्युतको तार सर्ट भई एक्कासि आगलागी भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । आगलागी प्रहरी र स्थानीयवासीका सहयोगमा नियन्त्रणमा आएको र मानवीय क्षति भने हुन नपाएको बताइएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी