Skip to content
LAXMI SUNRISE BANK

‘सरकारले श्वास फेर्ने हावामा मात्रै कर लिन बाँकी छ’,- सुनिल शर्मा 

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरेका छन् । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा सांसद शर्माले हरेक क्षेत्रमा दोहोरोतेहरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको उल्लेख गरेका छन् । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा शर्माले स्मरण गराएका छन् ।  

त्यस्तै, सांसद शर्माले जमिनमुनिको पानी औद्योगिक प्रयोजनको लागि निकाल्दा कर लगाउने कानून फिर्ता लिन पनि माग गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK