Skip to content
LAXMI SUNRISE BANK

सेन्चुरी बैंकका कर्मचारीमा कोरोना देखिँदासमेत बैंक सिल गरिएन, लापर्वाहीले सिमा नाघ्दा ग्राहकहरु चिन्तित !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेन्चुरी कमर्सियल बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुँदासमेत बैंकको शाखा सिल गरिएको छैन् । बैंकले उल्टै संक्रमित कर्मचारिको परिवारलाई संक्रमण देखिएको र उनी पनि बैंक नआएको भन्दै बैंक सिल गर्न आनाकानी गरेको छ । बैंकले लापर्वाहीले सिमा नाघ्दा बैंकका अन्य कर्मचारी, ग्राहकहरु उच्च जोखिममा छन् । साथै उनीहरु चिन्तित बनेका छन् ।
‘बैंक सिल गरौँ भन्दा कोरोना सामान्य रोग हो, लाग्नेलाई लाग्दै गर्छ भनेर उच्च व्यवस्थापनले नै गैरजिम्मेवार जवाफ दिएपछि कर्मचारीहरु रिस्कमा काम गर्न बाध्य भए ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने । यसअघि पनि कोरोनाको जोखिमका बीच वृद्ध  भत्ता बाडेको भन्दै आलोचना भएको थियो । स्मरण रहोस् यो बैंक कोरोना संक्रमित भेटीएको पहिलो बैंक हो । तर सबैभन्दा सचेत हुनुपर्ने यो बैंक नै सबैभन्दा लापर्वाही गर्ने बैंक बनेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK