काठमाडौँ । मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आर्थिक वर्षमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चेतनाथ पराजुलीले जानकारी दिएका छन् ।
सङ्खुवासभामा एक वर्षको अवधीमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयले जनाएको छ । सोमध्ये ६ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा मात्र कारोबार भएको देखिन्छ । कार्यालयले सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कबापत एक करोड ५७ लाख ९० हजार एक सय १६ रुपैयाँ, सेवा शुल्कबापत २४ लाख ३९ हजार रुपैयाँ, पुँजीगत लाभकरबापत ७४ लाख ८५ हजार चार सय २३ रुपैयाँ, न्यायिक दस्तुर दण्ड जरिवानामा पाँच लाख २४ हजार ३० रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालयका प्रमुख पराजुलीले बताएका छन् ।
सङ्कलन भएको ५९ लाख ३० हजार दुई सय ७९ प्रदेश र ८८ लाख ९५ हजार चार सय १८ रुपैयाँ राजस्व स्थानीय तहमा पठाएको प्रमुख पराजुलीले बताए । यो वर्ष सबैभन्दा धेरै खाँदबारी नगरपालिकामा ७० लाख ३३ हजार तीन सय ११ रुपैयाँ राजस्व सङ्कलन भएको छ । भोटखोलामा दुई लाख २३ हजार सात सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको छ । सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा कारोबार भएको देखिन्छ । त्यस्तैगरी तीन सय १० वटा नामसारी भएको छ भने १५ सय ९० जग्गाधनी सङ्ख्या थप भएको मालपोत कार्यालयले जनाएको छ ।
यो वर्ष जिल्लामा चार सय ७५ कित्ता खारेज भई एक हजार तीन सय ८० वटा नयाँ कित्ता कायम भएका छन् । जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिनको कारोबारमा वृद्धि भइरहेको छ । जमिन धितो राखेर बैंकबाट ऋण लिनेको सङ्ख्या बढेको छ । सरकारले डेढ वर्षदेखि जग्गाको कित्ताकाट रोकेको थियो । कित्ताकाट रोकिँदा जग्गाको कारोबार ठप्प थियो । खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरी बनाउनका लागि कित्ताकाट गर्न पाइँदैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्