×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन उद्योगले विद्युत प्राधिकरणलाई बक्यौता रकम बुझाए, टिओडी मिटरको रेकर्डबिना अरु उद्योगीले पैसा नतिर्ने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तीन उद्योगले विद्युत प्राधिकरणलाई बक्यौता रकम बुझाए, टिओडी मिटरको रेकर्डबिना अरु उद्योगीले पैसा नतिर्ने ! 

Artha Sarokar

२४ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तीन उद्योगले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको तिर्नुपर्ने बक्यौता रकम तिरेका छन् । सोना पोलिमर्स, सोना प्याकेजिङ र यशोदा फुड्सले प्राधिकरणलाई तिर्न बाँकी रहेको बक्यौता तिरेका हुन् ।

प्राधिकरणका अनुसार तीन उद्योगले २०७२ माघदेखि २०७५ बैशाखसम्म तिर्न बाँकी रहेको बक्यौता बुझाएका छन् ।

जसमध्ये सोना पोलिमर्सले २ लाख ७७ हजार, सोना प्याकेजिङले २ लाख ८४ हजार र यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ बक्यौता तिरेका छन् । तीनै उद्योगले प्राधिकरणले नियमानुसार लगाएको २५ प्रतिशत थप जरिवानासमेत बुझाएको प्राधिकरणले जनाएको छ ।

तीन उद्योगले प्राधिकरणलाई तिर्न बाँकी बक्यौता तिरे पनि अरु उद्योगीहरुले भने प्राधिकरणले भने अनुसारको रकम तिर्न अस्वीकार गरेका छन् । 

उनीहरुले प्राधिकरणसँग टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड माग गरेका छन् । टिओडी मिटरको रेकर्ड दिए मात्रै प्राधिकरणलाई बक्यौता तिर्ने अडान लिएका उद्योगीहरुले टिओडी मिटरको रेकर्डबिना प्राधिकरणले तिर्न बाँकी देखाएको बक्यौता नतिर्ने अडान लिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी