काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ परेको छ ।
टुकुचा खोलामाथि बनाइएको सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । काठमाडौँ महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।
सडक भासिएपछि दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडकको आवागमन ठप्प भएको छ ।
प्रहरीले भ्वाङ परेको ठाउँ घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः