काठमाडौँ । सेयर विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले सेयर बजारमा ‘बिग बुल’ आउन बाँकी नै रहेको बताएका छन् । अर्थ सरोकारको ‘सेयरबाणी’ कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले अहिलेको बजार बढोत्तरी बुल बजारको सुरुवात भएकोले खासमा ‘बिग बुल’ आउन बाँकी नै भएको बताएका छन् ।
‘सेयर बजार अझै धेरै बढ्न बाँकी छ । भर्खरै त बुल सुरु भएको हो ।’, थापाले भने, ‘खासमा ३२०० को बिन्दु नकटेसम्म रियल बुल आउँदैन । अहिले बजार त्यही २७००-२८०० वरिपरि त छ नी । त्यसैले सेयर बजारमा बिग बुल आउँन बाँकी छ । ३२०० त यसै पनि कट्छ, बजार त्यो भन्दा पनि माथि जाने सम्भावना छ ।’
त्यस्तै, थापाले यसपालिको बुल बजारमा नेप्सेले ५००० बिन्दु सहजै पार गर्ने दाबी गरेका छन् । अहिलेकै अवस्थामा मार्केट क्यापिटलाईज टू जिडिपीलाई आधार मान्ने हो भने पनि बजार सहजै ५००० माथि पुग्ने देखिएको उनको भनाई छ । यद्यपि बजारमा आईपीओको बाढी आए त्यसले बजारको केही असर गर्नसक्ने थापाले बताएका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः