काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले बुल बजारमा आउने हरेक करेक्सन अवसर हुने बताएका छन् । अर्थ सरोकारको ‘स्टक चार्ट विथ बिमोददेव पन्त’ कार्यक्रममा बोल्दै उनले बुल बजारमा आउने हरेक करेक्सन किन्ने अवसर हुने बताएका हुन् ।
उनले बढिरहेको बजारमा करेक्सन आवश्यक भएको र करेक्सन आउनु स्वभाविक भएको भन्दै बजारमा करेक्सन आउँदा आत्तिने भन्दा पनि अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
पन्तले पछिल्लो समय निरन्तर बढिरहेको बजारले करेक्सन खोजिरहेको तर सडकदेखि संसदसम्म बजारबारे उठेका अनावश्यक हल्लाले ठूलो प्रभाव पार्दा ‘बिग करेक्सन’ देखिएको बताएका छन् । तर, आगामी दिनमा पनि बजारमा करेक्सन आउन सक्ने भन्दै उनले बुल बजारमा आउने हरेक करेक्सनलाई अवसरका रुपमा लिन सकिने पनि बताएका छन् ।
त्यस्तै, उनले सेयर बजारमा कम्पनी छान्दा लगानीकर्ताले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सेयर बजारबारे पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्