Skip to content
LAXMI SUNRISE BANK

हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान गर्ने ! 

अर्थ सरोकार

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान गर्ने भएको छ । कम्पनीले सन् २०२४ अगस्ट २० देखि काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान गर्ने भएको हो । 

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीहरुको अत्याधिक माग र आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान सुरु गर्न लागेको एयरलाइन्सले जनाएको छ । 

एयरलाइन्सका अनुसार सुरुमा काठमाडौँ-कुवेत-काठमाडौँ रुटमा एक मातामा एउटा उडान हुने भएको छ । तर, मागका आधारमा उडान संख्या थप्न सकिने एयरलाइन्सले जनाएको छ । 

कम्पनीले कुवेत फ्लाइटका लागि जनरल सेल्स एजेन्टका रुपमा सिजर्स ट्राभल्स ग्रुपलाई नियुक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK