काठमाडौँ । वाईवाई र करेन्ट चाउचाउको ट्रेडमार्कको मुद्धामा वाईवाईले मुद्धा जितेको छ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएसँगै करेन्टले सो मुद्धा हारेको हो । न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले वाईवाई उत्पादक कम्पनी सिजी फुड्सको पक्षमा फैसला सुनाएसँगै करेन्टले मुद्धा हारेको हो ।
करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत पुगेको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । त्यसपछि यशोदा फुड्स सर्वोच्च गएको थियो । सर्वोच्चले पनि उच्चकै फैसला सदर गरेपछि अन्तत: करेन्ट चाउचाउले मुद्धा हारेको हो ।
अब यशोदा फुड्सले अहिलेको भन्दा फरक ट्रेडमार्कमा चाउचाउ ल्याउनुपर्ने भएको छ । त्यसो नगरे अदालतको मानहानीको मुद्धा लिएर पुन सिजी अदालत जान सक्नेछ ।
४० बर्षदेखि सिजीले बनाएको ब्राण्डको दुरुपयोग गरेर यशोदा फुड्सले ट्रेडमार्क नक्कल गर्दै आएको थियो । अन्तत: करेन्ट चाउचाउ यो नक्कल धन्दा अव बन्द हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्