Skip to content
LAXMI SUNRISE BANK

६० रुपैयाँले घट्यो बिहीबार डल्ले च्याउको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । डल्ले च्याउको मूल्य ६० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४६ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ६५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ७० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १६०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ६०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ७०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ७०, रातो बन्दा ११०, जिरीको साग ११०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १५०, खुर्सानी हरियो (बुलेट) १५०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन २००, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ५०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ४५० र आभोकाडो ३५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK