×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबारमा कामले भन्दा मन्त्रीलाई बधाई दिन जाने धेरै, सुरक्षाकर्मीलाई ‘पास चेक’ गर्नै भ्याइनभ्याई ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिंहदरबारमा कामले भन्दा मन्त्रीलाई बधाई दिन जाने धेरै, सुरक्षाकर्मीलाई ‘पास चेक’ गर्नै भ्याइनभ्याई ! (फोटो-कथा)

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकार गठन भएको महिनौँ बित्दा पनि सिंहदरबारमा मन्त्रीलाई बधाई दिनेहरुको भीड लाग्नेगरेको छ । अन्य समयमा बाह्य व्यक्तिको खासै उपस्थिति नदेखिने सिंहदरबारमा नयाँ सरकार गठन भएपछि भने दिनहुँ खादा, माला तथा फूलगुच्छा लिएर जानेहरुको भीड देखिने गरेको छ ।

अझ, सरकार गठन भएको एक महिना नाघिसक्दा पनि सिंहदरबारमा मन्त्रीलाई बधाई दिन आउनेहरु रोकिएका छैनन् ।

अहिले सिंहदरबार प्रवेश गेटमा देखिने भीडमा अधिकांश मन्त्रीलाई बधाई दिनेहरु भेटिन्छन् । जसमध्ये सबैभन्दा धेरै विभिन्न स्थानीय तहका जनप्रतिनिधि रहने गरेका छन् ।

मन्त्रीलाई बधाई दिनेहरुको भीडका कारण कामकै लागि सिंहदरबार पुग्नेहरुको काम प्रभावित हुने गरेको छ । सोही भीडका कारण सिंहदरबार परिसरमा भीडभाड बढ्नुका साथै सडकहरुमा अव्यवस्थित पार्किङको समस्यासमेत विकराल बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी