Skip to content
LAXMI SUNRISE BANK

कामको खोजीमा साउनमा मात्रै ६० हजार नेपाली विदेशिए

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ६० हजार विदेशी कामको खोजीमा विभिन्न देश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनमा मात्रै नेपालबाट ५९ हजार ५ सय ५० जना नेपाली कामको खोजीमा विदेशिएका हुन् । 

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीको संख्या गत आर्थिक वर्षको साउनको तुलनामा ३ हजार ९ सय ७५ जना बढी हो । 

गत आर्थिक वर्षको साउनमा नेपालबाट ५५ हजार ५ सय ७५ जना नेपालीहरु कामको खोजीमा विभिन्न मुलुक गएका थिए । यसअवधिमा २५ हजार ५ सय जनाले संस्थागत र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका छन् भने जिटूजीमार्फत ६ सय ६८ जना नेपाली विदेश गएका छन् । 

साउनमा विदेशिनेहरुमध्ये महिलाको संख्या ८ हजार १ सय १४ रहेको छ भने ५१ हजार ४ सय ३० जना पुरुष रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK