काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १७७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३० हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५२२ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।