×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…

LAXMI SUNRISE BANK
GLOBAL

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्री दर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्री दर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७७ पैसा र बिक्री दर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४२ पैसा र बिक्री दर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३६ र बिक्री दर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४४ पैसा र बिक्री दर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिद दर चार रुपैयाँ ०२ पैसा र बिक्री दर चार रुपैयाँ ०४ पैसा कायम छ । साथै युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ५१ पैसा र बिक्री दर ३१ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्री दर १३ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्री दर २० रुपैयाँ ०३ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्री दर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी