Skip to content
LAXMI SUNRISE BANK

रातो आलुको मूल्य बढ्यो, शुक्रबार अन्य तरकारी तथा फलफूलको मुल्य कति ?

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रातो आलुको मूल्य बढेको छ । रातो आलुको मूल्य ५ रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १२०  रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल १८ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, टाटे सिमी ६०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ३०, बरेला ११०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १२०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १२०, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २००, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २५०, हरियो धनियाँ ८०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २७०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४५, हाइब्रिड काक्रो १५, निबुवा ५०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK