×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

LAXMI SUNRISE BANK

शुक्रबार अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिद दर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो ।

युरोपियन यूरोको आजको मूल्य एकको खरिद दर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छभने बिहीबार यस मुद्राको मूल्य एकको खरिद दर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्री दर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एकको खरिदर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्री दर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५७ पैसा र बिक्री दर ९९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३९ र बिक्री दर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३३ पैसा र बिक्री दर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिद दर चार रुपैयाँ ०३ पैसा र बिक्री दर चार रुपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ ०५ पैसा र बिक्री दर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १६ पैसा र बिक्री दर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९९ पैसा र बिक्री दर २० रुपैयाँ ०८ पैसा छ ।

हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १४ पैसा र बिक्री दर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९१ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्री दर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी