Skip to content
LAXMI SUNRISE BANK

‘यो लगानी गर्ने सहि समय हो’ -ढकाल

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो समय हरेक क्षेत्रमा लगानी गर्ने सहि समय भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासङ्घले धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरे ।

ढकालले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरेका थिए । त्यस्तै, उनले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउन सकेमा मात्रै रोजगारी सृजना र राजश्वमा उल्लेख्य वृद्धि हुने बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK