×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीबाट एकल पुरुषलाई मासिक एक सय रुपैयाँ भत्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहकारीबाट एकल पुरुषलाई मासिक एक सय रुपैयाँ भत्ता

७ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मोरङको कानेपोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले एकल पुरुष सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ भत्ता दिने भएको छ । सहकारीको ३४औं वार्षिक साधारणसभाले एकल पुरुषलाई मासिक भत्ता दिने निर्णय पारित गरेको हो ।

संस्थाले यसअघि ७० वर्षमाथिका २६ जना सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ पोषण खर्चबापत दिँदै आएको थियो ।

सभामा नेफ्स्कुनका पुर्व संचालक गोमा नेपालले ठुला सहरका ठुला सहकारीले समुदायमा आधारित सहकारीलाई बदनाम गराएको बतईन् । उनले समुदायमा आधारित सहकारी संस्थाले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाएको बताउँदै विपन्न वर्गका लागि ग्रामिण क्षेत्रका सहकारी वरदान साबित भएको उल्लेख गरिन् ।

एक करोड ८६ लाख ८६ हजार सेयर पुँजी रहेको जनमुखी सहकारी संस्थामा एक हजार २०८ जना सेयर सदस्य छन् । ९ करोड ७९ लाख १५ हजार ३ सय ३७ हजार रुपैयाँ बचत निक्षेप रहेको संस्थाले गत आर्थिक वर्षमा ९ करोड ९७ लाख ९० हजार ९ सय ८२ रुपैयाँ ऋण लगानी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी