×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीमा जेल परेका इच्छाराजले भने- ‘मुद्दा फिर्ता लिए ३ वर्षभित्र बचतकर्ताको सबै पैसा फिर्ता गर्छु’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहकारी ठगीमा जेल परेका इच्छाराजले भने- ‘मुद्दा फिर्ता लिए ३ वर्षभित्र बचतकर्ताको सबै पैसा फिर्ता गर्छु’ 

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त घोषणा भइसकेको सिभिल सेभिङ एण्ड कोअपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताको पैसा ३ वर्षभित्र फिर्ता गर्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिसँगको बयानमा तामाङले बचतकर्ताको पैसा ३ वर्षभित्र फिर्ता गर्ने बताएका हुन् । 

तर, बचतकर्ताको सबै पैसा ३ वर्षभित्र फिर्ता गर्न आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारले फिर्ता लिनुपर्ने तामाङले बताएका छन् । 

सरकारले आफू र आफ्नो परिवारका सदस्यमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने हो भने सहकारीको नाममा रहेको सम्पत्ति बेचेर, सहकारीबाट ऋण लिएका ऋणीहरुबाट ऋण असुली गरेर बचतकर्ताको पैसा फिर्ता गर्न सकिने उनको भनाई छ । 

सहकारीका सञ्चालकलाई थुनेर मात्रै समस्याको समाधान नहुने भन्दै उनले सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्नका लागि आफूलाई कारागार मुक्त गर्नुपर्ने र आफू र आफ्नो परिवारमाथि सरकारले दायर गरेको ठगी तथा संगठित अपराध मुद्दा (काठमाडौँ जिल्ला अदालतमा विचाराधीन) र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारले फिर्ता लिनुपर्ने तर्क संसदीय समितिसँगको बयानमा भनेका छन् । 

उनले सिभिल सहकारीमा बचतकर्ताको निक्षेप दायित्व ६ अर्ब रहेको र सहकारीको नाममा रहेको सम्पत्ति करिब १९ अर्ब रुपैयाँ बराबरको रहेको भन्दै आफू जेलमुक्त भए र सबै मुद्दा फिर्ता लिइएको खण्डमा बचतकर्ताको सबै निक्षेप सहजै फिर्ता गर्न सकिने पनि बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी