×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा ५०० सम्म क्यासब्याक पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा ५०० सम्म क्यासब्याक पाइने

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट हुने भएको छ । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड ( को-ब्रान्डेड कार्ड ) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु ५०० सम्म दिने घोषणा गरेको हो  ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको छ । यो अफर छठ सम्मको लागि लागू हुने बैंकले जनाएको छ ।

यस्तो अफरहरुले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । अफर सम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी