काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादी ग्रुप पावरको भएको छ । यस कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७ सय ८७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज विन नेपाल लघुवित्तसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्