×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासकै उच्च बिन्दुमा पाकिस्तानको सेयर बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इतिहासकै उच्च बिन्दुमा पाकिस्तानको सेयर बजार !

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाकिस्तानको सेयर बजार इतिहासकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार बिहान इन्ट्राडे मा पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ ८२ हजार ९०५ बिन्दुमा पुगेको थियो । 

हाल (यो समाचार तयार पार्दासम्म) ‘केएसइ १००’ ८२ हजार ५ सय ६२ मा कारोबार भइरहेको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको सेयर बजारमा देखिएको वृद्धि हुनुको मुख्य कारण पाकिस्तानका लागि अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ७ अर्ब अमेरिकी डलर ऋण स्वीकृत गर्नु रहेको जनाएका छन् ।

गहिरो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई आइएमएफले गर्ने आर्थिक सहयोगले अर्थतन्त्र सुध्रिने र समग्र आर्थिक क्षेत्र चलायमान हुने विश्वासले सेयर बजार बढाएको जानकारहरुको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी