×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको पैसाले फिल्म निर्माण, फिल्म ‘सुपर फ्ल्प’ भएपछि लगानी स्वाहा !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहकारीको पैसाले फिल्म निर्माण, फिल्म ‘सुपर फ्ल्प’ भएपछि लगानी स्वाहा !  

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदनमा सहकारीको रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको उल्लेख गरिएको हो । 

संसदीय समितिको उक्त प्रतिवेदन अनुसार किर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा फसेको छ । 

सहकारीका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले सहकारीकै पैसाबाट ‘एउटा यस्तो प्रेम कहानी’ नामक नेपाली फिल्म बनाएको, जुन फिल्म २०७७ सालको माघे संक्रान्तिमा रिलिज भएको प्रतिवेदनमा उल्लेख छ । 

यतिसम्मकी सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानबिन समितिले पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई फिल्म र म्युजिक भिडियोमा डेब्यु गराउने भन्दै सहकारीका संस्थापक अध्यक्ष दर्शनधारीले ठूलो रकम फिल्म क्षेत्रमा फसाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सहकारीको रकमसहित ५ करोड रुपैयाँ खर्चेर बनाइएको उक्त फिल्म ‘सुपर फ्ल्प’ भएपछि सहकारीको ठूलो रकम उक्त फिल्ममा फसेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी