×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढी पहिरोले तरकारीको भाउ दोब्बर बढ्यो, कुखुराको मासु र हरियो खुर्सानीको भाउ उही !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढी पहिरोले तरकारीको भाउ दोब्बर बढ्यो, कुखुराको मासु र हरियो खुर्सानीको भाउ उही !

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाढी पहिरोले नेपाली भान्सामा प्रभाव पारेको छ । देशभर भारी वर्षा र बाढी पहिरो आउँदा नेपाली भान्सा दोब्बरले महँगिएको हो । 

बाढी र पहिरोले वितण्डा मच्चाउँदा सडक अवरुद्ध हुँदा बजारमा हरियो तरकारी तथा फलफूल आउन सकेको छैन ।  जसका कारण स्टकमा भएको तरकारी पनि महँगिएको उपभोक्ताले गुनासो गरेका छन् ।

अहिले नेपाली बजारमा हरियो खुर्सानी र बोइलर कुखुराको मासुको भाउ लगभग उस्तै भएको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्य सुचीमा हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० भएतापनि बजारमा हरियो खोर्सानी प्रतिकेजी ४०० रुपैयाँमा किनबेच भइरहेको छ । 

यता, बोइलर कुखुराको मासु ४५० देखि ४८० सम्म रहेको छ ।   

तरकारी आउने सडक मात्रै नभई बल्खु लगायतका तरकारी बजार पनि डुबानमा परेका छन् । वर्षा कम भएसँगै केही तरकारीहरू सस्तो हुँदा राहत महसुस गरेका उपभोक्ताहरू वर्षाको कारण पुनः मारमा परेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी