×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घिरौलाको मूल्य ३० रुपैयाँले घट्दा मंगलबार ३० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घिरौलाको मूल्य ३० रुपैयाँले घट्दा मंगलबार ३० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य

Artha Sarokar

१५ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज घिरौलाको मूल्य घट्दा भेडे खुर्सानीको मूल्य बढेको छ । घिरौलाको मूल्य ३० रुपैयाँले घटेर न्यूनतम प्रतिकेजी १०० रुपैयाँ र भेडे खुर्सानीको मूल्य ३० रुपैयाँले बढेर १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा १३० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर १३०  रुपैयाँ, तराई गाजर १२० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १२०, मकै बोडी ९०, घिउ सिमी लोकल १००, टाटे सिमी १००, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ८०, लोकल परवर १०० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला १००, झिगुनी ७०, फर्सी पाकेको ५०, भिण्डी ८०, बरेला १३०, पिंडालू ६०, स्कुस ३५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, कन्य च्याउ १६०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १५०, चुकन्दर ८०, जिरीको साग ८०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १५०, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १५०, हरियो लसुन २५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३००, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ८०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी