×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेटाको सेयरमा उछाल, जुकरबर्ग बने विश्वकै तेस्रो धनी व्यक्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेटाको सेयरमा उछाल, जुकरबर्ग बने विश्वकै तेस्रो धनी व्यक्ति

Artha Sarokar

१६ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् । 

हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ । 

योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोजबर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका धनाढ्य व्यक्तिको सूचीमा मार्क जुकरबर्ग पनि ‘टु बिलियन डलर क्लब’मा समावेश भएका छन् । 

जुकरबर्गको सम्पत्ति वृद्धि हुनुमा मेटाको सेयर मूल्य बढ्नु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत जनवरीको तुलनमा मेटाको सेयर मूल्य ६० प्रतिशत महँगो भएको छ । 

मेटाको सेयर मूल्यमा भारी उछाल आउनुमा मेटा एआईकोसमेत भूमिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ता ५० करोडभन्दा धेरै छन् । मेटाको सेयर मूल्य यही गतिमा बढे जुकरबर्गलाई छिट्टै विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा देख्न सकिने विश्व अर्थविद्हरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी