Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय हरक सिंह धामी र ३३ वर्षीय हरि रम्तेल रहेका छन् ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर दुबई लगायतका देश पठाउने भन्दै दुई जनाबाट दुई लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरुविरुद्ध विदेश पठाउने भन्दै लामो समय झुक्यानमा परेर रकम लिएपश्चात फरार भएको जाहेरी परेको थियो ।

पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले नयाँबजार र टेकुबाट पक्राउ गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK