×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने !

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल पसल अनुगमनका क्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

बाढीपहिरोपछि फलफूल तथा तरकारीको मूल्य अस्वभाविक वृद्धि भएपछि अनुगमन गरिएको मन्त्री भण्डारीले बताएका छन् । 

उनले दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारी र फलफूलको मूल्य अस्वभाविक वृद्धि हुँदा आमसर्वसाधारण मर्कामा परेको भन्दै अबदेखि तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । यसका लागि सम्बन्धित पक्षसँग तत्काल छलफल गरिने मन्त्रीको भण्डारीको भनाई छ । 

‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ, उहाँहरुले हेर्नुहुन्छ ।’, मन्त्री भण्डारीले भने, ‘उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ ? किसानहरुले कति मूल्यमा बिक्रीवितरण गरिरहेको छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी बजार मूल्य तोक्छौँ ।’ 

अनुगमनकै क्रममा उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षणसमेत गराएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी