×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० रुपैयाँले बढ्यो सोमबार स्थानीय काउलीको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५० रुपैयाँले बढ्यो सोमबार स्थानीय काउलीको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज स्थानीय काउलीको मूल्य बढेको छ । स्थानीय काउलीको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा १३० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ९० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १५०, मकै बोडी ८०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ६०, लोकल परवर १०० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ६०, बरेला १३०, पिंडालू ६०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १४० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, कन्य च्याउ २४०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ९०, जिरीको साग २५०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (अकबरे) २३०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ३५०, हरियो लसुन ३५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २७०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३३०, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ५०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ४०, लप्सी ४०, किवि ३३०, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी