काठमाडौँ । पछिल्लो तीन महिनामा तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंंकले साउनदेखि असोजसम्म ३ विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको कारबाहीमा पर्नेमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् भने विकास बैंकतर्फ सिन्धु विकास बैंक सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।
राष्ट्र बैंकका अनुसार वित्तीय विवरण बुझाउन ढिलाई गरेको भन्दै सिन्धु विकास बैंक र सालापा विकास बैंकका सञ्चालक र सीईओलाई सचेत गराइएको छ भने राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अवधिमा ब्याजदर अन्तर ४.४० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै मितेरी डेभपमेन्ट बैंकका सञ्चालक र सीईओलाई सचेत गराइएको छ ।
त्यस्तै, वित्तीय विवरण बुझाउन ढिलाई गरेको भन्दै प्रोग्रेसिभ र जानकी फाइनान्सलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यता गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको, तत्कालीन अध्यक्ष/संचालक संस्थाको ऋणी/ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको, तत्कालीन अध्यक्ष/सञ्चालकले आफुहरु संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटकपटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा संचालक समितिले निगरानी कार्यलाई चुस्त नराखेको भन्दै कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्