काठमाडौँ । साताको कारोबारको तेश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ अंकले बढेको हो ।
नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४ सय ६४. २० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्