×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुन र चाँदीको मूल्यले दिनानु दिन नयाँ रेकर्ड बनाईरहेको छ । आज बुधबार पनि सुन र चाँदी दुवैको मूल्य बढ्दा नयाँ रेकर्ड कायम भएको छ ।

बुधबार प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा त्यसको सिधा असर नेपाली बजारमा परेको छ । यहि रफ्तारमा सुनको मूल्य बढ्ने हो भने छिट्टै तोलाको दुई लाख पुग्ने जानकारहरुको भनाई छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २१३५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको मूल्य २१ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४२ हजार ९ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १८३०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी